विश्व डि.एन.ए दिवसमा प्रशिक्षण

  • admin 

विश्व डि.एन.ए दिवसको अवसर पारेर बुधबार बालकुमारी कलेजले डि.एन.ए प्रशिक्षण कार्यक्रम गरेको छ । बालकुमारीमा अध्यनरत विज्ञान संकायका विद्यायर्थीहरुको आयोजनामा लाईन्स कलव अफ बालकुमारी र चितवन बायोलोजिकल रिसर्च सेन्टरको सहआयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बालकुमारी कलेज विज्ञान संकायका शिक्षक अनुप मुनि बज्राचार्य र अनिल श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सोही कलेजका प्रिन्सिपल शिवप्रसाद पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रिन्सिपल चुननारायण श्रेष्ठ, भरत खनाल, व्यवस्थापन समितिका प्रतिनिधि जगदिश्वर खनाल र प्रध्यापक सघ सभापति  अनन्त ढुंगाना मन्तव्य राख्नु भएको थियो ।

अनुप मुनि बज्राचार्यको अध्यक्षतामा भएको एक दिने डि.एन.ए प्रशिक्षण कार्यक्रममा सोहि कलेजमा अध्यनरत सपना भट्टाईले सञ्चालन गर्नु भएको थियो ।